दफा २०
परिषद्का कर्मचारी –
(१) परिषद्ले आफनो आर्थिक स्रोतबाट तलब, भत्ता तथा अन्य सुविधाहरु
उपलब्ध गराउने गरी परिषद्को कार्य संचालनको लागि आवश्यक संख्यामा कर्मचारीहरु नियुक्त
गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त कर्मचारीहरु रजिष्ट्रारको रेखदेख र नियन्त्रणमा रहने
छन्।
(३) उपदफा (१) बमोजिम नियुक्त कर्मचारीहरुको सेवाको शर्त र सुविधाहरु विनियममा
तोकिए बमोजिम हुनेछ ।